धनगढीमा आदर्श नव युवा क्लव द्वारा वृक्षारोपण

धनगढी : धनगढीमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरस्थित राष्ट्रिय आधारभूत विद्यालयमा वृक्षारोपण गरिएको हो ।

वडा नम्बर ५ मा रहेको आदर्श नव युवा क्लव विद्यालय परिसरमा मसला, अमला, तेजपात, गुलमोहरका ५० विरुवा वृक्षारोपण गरिएको क्वलका अध्यक्ष निराजन खड्काले बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा धनगढी उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख नृपबहादुर वडको प्रमुख आतिथ्यतामा वृक्षारोपण गरिएको हो । कार्यक्रममा वडा नम्बर २, ३, ४, ५ का वडाध्यक्ष तथा क्लवका पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.