काठमाण्डौँ : अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको नेपाल आगमनका क्रममा कालो झण्डा देखाउन खोज्ने चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार उनीहरु विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता हुन् । सहायक विदेशमन्त्री बिहिबार अपरान्ह नयाँ दिल्ली हुँदै त्रिभुवन विमानस्थलमा ओर्लिएका थिए । त्यस क्रममा उनको विरोधमा कालो झण्डा देखाउन पुगेका विप्लव कार्यकर्ता एयरपोर्टबाटै पक्राउ परेका हुन् ।