अछाममा श्रीमानको कुटाइले श्रीमतीको मृत्यु

अछाम : अछाममा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। जिल्लाको पन्चदेवल बिनायक नगरपालिका वडा नम्बर ७ पुल्लेतोला दोम्सीगाडाका ४० वर्षीया मान्मा बिकको श्रीमानको कुटाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

४८ वर्षीया पहेलु कामीले बिहिबार राति कुटपिट गर्दा उनको मृत्यु भएको हो। श्रीमतीलाई कुटपिट गरेर पहेलु भागेका छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.