बैतडी : बैतडीको डिलासैनी गाउँपालिका ५ सेरामा छोराले आफ्नै बाबुको हत्या गरेका छन् । शुक्रबार बिहान २२ वर्षीय लोकराज जोशीले बञ्चरो प्रहार गरी बुबा ६८ वर्षीय अन्तराम जोशीको हत्या गरेका हुन्।
शुक्रबार बिहान ६ बजेतिर घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बन्चरो प्रहार गरेका डिलाशैनी गाउँपालिका ५ का वडाअध्यक्ष यज्ञराज भट्ट यदुले जानकारी दिए।
‘डिप्रेसनमा रहेका लोकराजले बुबालाई बञ्चरो प्रहार गरेका हुन्’, वडाअध्यक्ष भट्टले भने, ‘टाउकोमै चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको हो।’
हत्या गर्ने लाकेन्द्र जोशीको मानसिक सन्तुलन ठिक नभएको बुझिएको छ ।हत्या गर्ने जोशीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक लोकराज जोशीले बताए ।