डोटीबाट बडीमालिका जाँदै डोल

डोटी : डोटीको सिलगढीबाट शुक्रबार बाजुरामा रहेको बडीमालिका मन्दिरका लागि सरकारी डोल गएको छ। जनै पूर्णिमाको दिन लाग्ने मेलाका लागि उक्त डोल डोटीको सिलगढीबाट पठाइएको हो।

सिलगढीमा रहेको सैनिक टोली तथा जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले शैलेश्वरी मन्दिरमा उक्त डोललाई सलामी दिएपछि सरकारी कर्मचारीसहितको सरकारी डोल बाजुरामा रहेको बडिमालिका मन्दिरका लागि प्रस्थान गरेको हो। राणाकालदेखि जिल्ला प्रशासन कार्यालय सिलगढीमा पूजाआजा गरी विधिवतरूपमा सरकारी कर्मचारीले डोल लैजाने चलन रहँदै आएको छ।

उक्त सरकारी डोल बडिमालिका मन्दिरमा पुग्न कम्तीमा पनि एक हप्ताको समय लाग्ने जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ। बडीमालिका मन्दिरका लागि अछाम, बाजुरा, बझाङ तथा डोटीबाट बर्सेनि डोल लैजाने चलन छ।
समुद्री सतहबाट करिब चार हजार २०० मिटर उचाइमा रहेको बडीमालिका जान जिल्ला सिलगढीबाट एक दिन गाडीको यात्रा तथा दुई दिन पैदलयात्रा गर्नुपर्छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.