धनगढीमा लैगिंक हिंसाको मुद्धामा प्रादेशिक सम्बाद
समाजमा चेतनास्तर बृद्धि नहुँदासम्म महिला हिंसाका घटना कम नुहने राज्यमन्त्री रैकाको धारणा
अग्नी संवाददाता
धनगढी, १३ साउन : लैगिंक हिंसाको मुद्धामा पीडितमैत्री सम्बोधन सम्बन्धी नीति र कार्यक्रमबारे प्रादेशिक संवाद कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमा प्रमुख अथिति राज्यमन्त्री रैकाले समाजमा चेतनास्तर बृद्धि नहुँदासम्म महिला हिंसाका घटना कम हुन नसेक्ने बताए ।
महिला, कानून र विकास मञ्च (एफडब्ल्युएलडी) का आयोजना तथा आइपासको सहकार्यमा शुक्रबार धनगढीमा भएको लैंगिक हिंसाका मुद्दामा राज्यमन्त्री रैकाले जनचेतनाबाट जनता सचेत नहुँदासम्म महिला हिंसाविरुद्धका कानून कार्यान्वयन गर्न समस्या रहने बताए । “हाम्रो समाज कानून तथा नीतिका बारेमा जानकार छैन ।” उनले भने, “कानून कार्यान्वयन गर्न समाजमा गएर कानून र नीतिका बारेमा जानकारी गर्नुपर्ने आवश्यक छ,” उनले भने, “समाज कानूनका बारेमा अनविज्ञ भएर कानून व्यवहारमा लागू हुन नसेकेको हो ।” उनले लैंगिक हिंसा सामाजिक व्यवहारले पनि हुने गरेको बताए ।
त्यस्तै, कार्यक्रममा विधायन तथा प्रदेश मामिला समिति सभापतिमा नेपालु चौधरीले महिला हिंसा विरुद्धका कानून प्रदेश सरकारले बनाए पनि प्रभावकारी रूपमा लागू हुन नसकेको बताए । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य भरत खड्काले चेतनार गरिबीका कारण छाउपडी प्रथालगायतका लैंगिक हिंसाका घटना बढेको बताए । उनले चेतना बृद्धि गरी लैंगिक हिंसा क्रमिक रूपमा न्यूनीकरण गर्न सक्ने बताए । उनले भने, “पहिले समाजमा भएका लैंगिक हिंसाको अन्त गर्न आवश्यक छ ।’
यस्तै सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्यायले व्यापक छलफल गरी कानून बनाएमा प्रभावकारी न्याय प्रवाह गर्न सक्ने बताए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका कानूनी सचिव गंगाबहादुर खरेलले ऐन, कानून बनाउने बेला वृहत छलफल गर्नुपर्ने बताए । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका कानून अधिकृत दानबहादुर सुनारले सुदूरपश्चिम प्रदेशमा महिला र बालबालिकासम्बन्धी नीतिगत तथा कानूनी व्यवस्थाबारे कार्यपत्र तथा एफडब्ल्युएलडीका अधिवक्ता सविन श्रेष्ठले लैंगिक हिंसा सम्बोधनका लागि प्रदेशले निर्माण गर्नुपर्ने नीति, कानूनसम्बन्धी कार्यपत्र प्रस्तुत गरे थिए । कार्यक्रमका सहभागिले महिला हिंसा न्यूनीकरणका लागि भएका कानुनी व्यवस्थाको असपष्टताबारे प्रश्न राखेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस संसदीय दलका सचेतक अम्बीकुमारी थापा, सहायक जिल्ला न्यायाधिवक्ता कविराज शर्मा, ओरेक नेपालका बिनु राना, स्वास्थ्यकर्मी यशोदा ढकाल, अधिकारकर्मी गणेश ऐर लगायतले आफ्नो विचार व्यक्त गरेका थिए ।
एफडब्ल्युएलडीका संस्थापक सदस्य तथा निर्वतमान अध्यक्ष मीरा ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अधिवक्ता रनु प्रधान श्रेष्ठले गरेकी थिइन ।