बैतडीमा नागरिकता विधेयकको बिरोधमा एकल प्रदर्शन

बैतडी : बैतडीमा नागरिकता विधेयकको बिरोधमा राँको लिएर एकल प्रदर्शन गरिएको छ। नेकपा एमालेका नेता समेत रहेका मान बहादुर ऐरले बैतडीको खोडपे बजारमा राँको प्रदर्शन गरेका हुन्। बजार परिक्रमा गर्दै उनले राष्ट्रघाती नागरिकता विधेयक खारेज गर देश बेच्न पाइँदैन लगायतका नारा लगाएका थिए। वर्तमान सरकारले नेपालको अस्तित्व संकटमा पार्ने काम गरेको भन्दै विरोध जनाएको ऐरले बताए।

प्रतिनिधिसभाले नेपाल नागरिकता पहिलो संशोधन २०७९ पारित गरेको थियो। राष्ट्रिय सभाबाट पनि पारित भएको उक्त विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.