अर्थ मन्त्रालयको सिसिटिभी फुटेज एक घण्टामा रिकभर गर्न सक्छु : लामिछाने

अत्तरिया : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अर्थ मन्त्रालयमा डिलिट भएको भनिएको सिसिटिभी फुटेज आफु रिकभर गर्न सक्ने बताएका छन् । शनिबार धनगढीमा आयोजित प्रदेश स्तरिय भेलालाई सम्बोधन गदै लामिछानेले सो सिसिटिभी फुटेज एक घण्टामै रिकभर गर्ने दाबी गरेका हुन् ।
म ‘चुनौतीका साथ भन्छु, मलाई एक घण्टा सिंह दरभार गएर अर्थमन्त्रालयको कम्प्युटरको हार्डडिस्क दिइयोस ।’, उनले भने, ‘कस्तो चाहिन्छ रिकभर गरेर सर्वसाधारणलाई देखाउन सकिनँ भने भन्नुहोला ।’
लामिछानेले प्रमुख प्रतिपक्षी एमालेले एम अधिकारीसँग सिसिटिभी फुटेज हराएको विषय साटेको आरोप पनि लगाए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.