धनगढी : बाजुराको बडिमालिका–९ स्थित रेडियो बाजुरा नजिकै शंखास्पद फेला परेको छ । रेडियो बाजुरा नजिकै रहेको दिनेश विकको घरको शौचालयको पछाडि पट्टी शंखास्पद बस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
उक्त शंखास्पद बस्तु डिस्पोज गर्नका लागि नेपाली सेनाको टोली पुगिसकेको र बम डिस्पोज गर्ने तयारीमा रहको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।