अत्तरिया,१५ साउन : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा ट्याङकर दुर्घटनामा परेको छ । नेपाल आयल निगमको इन्धन बोकेको ना४ख २६४० नम्बरको ट्याङकर अत्तरिया पहाड रोडमा दुर्घटना भएको हो।
अत्तरिया तर्फ आउँदै गरेको ट्याङ्करले पैदल यात्रीलाई ठक्कर दिई पल्टिदाँ पैदल यात्री दार्चुलाको मालिकार्जुन गाउँपालिका १ का लोकेन्द्र धामी गम्भीर घाइते भएका छन् । यस्तै ५ गाई मरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
घाइतेको उपचार अत्तरियास्थित पदमा अस्पतालका भइरहेको र ट्याङ्कर चालक डडेल्धुराको आलितालका गणेश मल्ल प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी रबिन्द्रराज पाण्डे ले मदिरा सेबन गरेका चालक ले गाडी चलाएका ले दुर्घटना भएको बताए । उनले घटना को अनुसन्धान भैरहेको र गाडीलाई त्यहाँबाट उठाउने प्रकृया शुरु भैसकेको जानकारी दिए।