अत्तरिया : माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि (पुरक) परीक्षाका आगामी भदौ ११ र १२ गते सञ्चालन हुने भएको छ । २०७८ सालको परीक्षामा सहभागी भई ग्रेड वृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले भदौ पाँच गतेसम्म आवेदन दिनुपर्ने छ ।
बढीमा दुई विषयमा मात्रै पूरक परीक्षा दिन पाइने व्यवस्था छ । परीक्षामा सहभागी हुने विद्यार्थीले तोकिएको ५०० राजश्व तिरी सम्बन्धित विद्यालयमा फाराम भर्न सक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।