राना थारु समुदायमा तीजको उल्लास

अत्तरिया, १५ साउन : सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरमा बसोबास रहेको राना थारु समुदायमा आज आईतबार तीज पर्वको रौनक छाएको छ ।
सबैभन्दा ठूलो पर्व रहेको यो समुदायका मानिसले आज धुमधामसंग तीज मनाइरहेका हुन । महिला दिदीबहिनीहरुले आफ्ना दाजुभाई, भतिजको दीर्घायुको कामना गर्दै व्रत बस्ने चलन रहेको छ । यो समुदायका महिला आज निराहार व्रत बसेका छन् ।
व्रतालुहरु आजै बेलुका नदीमा गएर पूजाको सामग्री सेलाएपछि तीज सन्छि । त्यसपछि सिमही, पुरी, गुलगुला, पकौडी, कटरा लगायतका परिकार खाने चलन रहेको धनगढी गाउँका भलमन्सा सहजादे रानाले बताए । ‘तीज हामीहरुको सबैभन्दा ठूलो पर्व हो’, उहाँले भन्नुभयो,‘हामी यसलाई धुधमाधमसंग मनाउने गरेका छौं ।’
राना थारु समुदायको तीजको अवसर पारेर आज धनगढी उपमहानगरपालिकासहित कञ्चनपुरको पुनर्वास नगरपालिका, बेलौरी, लालझाडी गाउँपालिका लगायतका पालिकाहरुले आज एक दिन स्थानीय बिदा दिएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.