धनगढी, १५ साउन : सुदूरपश्चिम प्रदेशमा आईतबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४७३ जनाको परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमण पुष्टि भएकामध्ये २० जना भारताट फर्किएका व्यक्ति रहेका छन् । गड्डाचौकी र गौरीफन्टा नाकाबाट फर्किएका नौ\नौ जना र झुलाघाट नाकाबाट फर्किएका दुई जनामा संक्रमण पुष्टि भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।
यो संगै प्रदेशभरि सक्रिय संक्रमितको संख्या १४२ पुुगेको छ ।
सम्बन्धित पाेस्टहरु