गोदावरीको बुढितोला पिकनिक पार्कमा वृक्षारोपण

अग्नी संवाददाता
अत्तरिया, १५ साउन : कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा रहेको पिकनिक पार्कमा वृक्षारोपण गरिएको छ । आईतबार सेती सामुदायिक वन उपभोक्ता समिति को आयोजनामा वृक्षरोपण कार्यक्रम गरेको हो ।


पर्यटकीयहरुलाई आरामदायी पिकनिकको लागि सुहाउने वातावरण पिकनिक स्र्पाेटमा विभिन्न जातजातिका बोटबिरुवा, फूल वृक्षारोपण गरिएको छ । चुरेको फिदमा अवस्थित पिकनिक पार्कलाई अझै हरियाली र व्यवस्थित बनाउने उद्देश्यले कार्यक्रम गरेको समितिका कोषाध्यक्ष राजबहादुर बिस्ट जानकारी दिए ।


समितिका अध्यक्ष तिलकबहादुर खनाल प्रमुख अतिथि रहेको वृक्षारोपण कार्यक्रममा समितिका पदाधिकारी,वडा सदस्य शेरबहादुर घर्ती मगर, लक्ष्मी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबिन्द्र रोका मगर, भ्यु टावर समितिका अध्यक्ष शेरबहादुर खत्री लगायत उपभोक्ताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.