बझाङ, १६ साउन : धामीझाँक्रीको भरपर्दाले बझाङमा एक जना सुत्केरी महिला र नवजात शिशुको ज्यान गएको छ । उपचारका लागि अस्पतालमा ढिलो पु¥याउँदा थलारा गाउँपालिका–१ मोतीपुरकी २० वर्षीया सिर्जना सुनार र उनको नवजात शिशुको मृत्यु भएको हो ।
पारिवारिक स्रोतका अनुसार गत बुधबारबाटै सामान्य सुत्केरी व्यथा लागेकी उनलाई शुक्रबार बिहान साढे ६ बजेतिर व्यथासँगै शरीर बाँगिने समस्या भएको थियो ।
आँखा, अनुहार र हातगोडा बायाँतिर फर्किने र एकोहोरो श्वास चल्ने भएपछि परिवार सदस्यले उनलाई स्थानीय धामीकहाँ झारफुकका लागि लगेका थिए । उनलाई शुक्रबार दिनभरि र रातभरि स्थानीय धामीले झारफुक गरेका थिए । उनी झन् बेहोस हुन थालेपछि भोलिपल्ट देउरा अस्पताल लगिएको थियो । देउरा प्राथमिक स्वास्थ्य केन्द्रले उनको अवस्था नाजुक भइसकेकाले उपचार हुन नसक्ने भन्दै डडेलधुरा रेफर गरेको जनाएको छ ।
शनिबार दिउँसो डडेलधुरा अस्पतालमा पु¥याइएकी सिर्जनाको त्यसको ३ घण्टा नपुग्दै मृत्यु भएको थियो । उच्च रक्तचापका कारण हुने इक्लामसिया रोग भएको, फोक्सोमा ¥याल जमेको र रगतमा अत्यधिक संक्रमण भएको अवस्थामा अस्पताल पु¥याइएकी उनलाई धेरै कोसिस गर्दा पनि बचाउन नसकिएको उनको उपचारमा संलग्न डडेलधुरा अस्पतालका चिकित्सकले जनाएका छन् ।
सम्बन्धित पाेस्टहरु