अत्तरिया : दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा से१ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जानकारी दिएको छ ।
जीप गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको थियो। उक्त दुर्घटनामा परि ४ पुरुष र १ जना महिलाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीको टोली भरखरै दुर्घटनास्थल पुगेको र विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ।
सम्बन्धित पाेस्टहरु