आजदेखि सर्वसाधारणले नयाँ नोट पाउने

काठमाण्डौँ : आजदेखि सर्वसाधारणले नयाँ नोट सटही सुविधा पाउने भएका छन्। दशैँ तिरहाको लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण सुरु गरेको हो।

बिहीबारदेखि नै बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट दिएको राष्ट्र बैंकले आजदेखि सर्वसाधारणलाई पनि नयाँ नोट वितरण गरेको हो। आज राष्ट्र बैंक कार्यालय बालुवाटारबाट नयाँ नोट वितरण सुरु गरेको हो। अन्य स्थानबाट समेत नयाँ नोट वितरण गर्ने तयारी राष्ट्र बैंकले गरेको छ। राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय अधिकतम वितरण गरेको हो। जसमा ५, १०, २०, ५०, १०० दरका नोट समावेश छ। राष्ट्र बैंकले १० अर्ब रुपैयाँ नायाँ नोट बजारमा पठाउँदै छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.