घरमा भेटियो भारतबाट चोरेर ल्याइएको रकम

धनगढी : कैलालीको धनगढीमा भारतबाट चोरी भएको रकम फेला परेको छ। उपमहानगरपालिकाको फूलबारी क्षेत्रमा रहेको एक घरबाट उक्त रकम फेला परेको हो।

रकम कति र कसले चोरेर ल्याएको भन्ने खुलेको छैन। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी निरीक्षकको टोली उक्त घरमा पुगिसकेको छ। प्रहरी स्रोतका अनुसार अहिले टोलीले मुचुल्का उठाउने कार्य गरिरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.