धनगढी : कैलालीको धनगढी चौराहामा रहेको समैजी स्टोरमा आन्तरिक राजस्व कार्यालयको टोलीले छापा हानेको छ। बुधबार आन्तरिक राजस्वका अधिकारी गएर छापा हानेको कार्यालयका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलले जानकारी दिए ।
ुसमैजी स्टोरको भौतिक मालसामानको अवस्था र उसले हामीलाई देखाउने कारोबार र तिर्ने राजस्वमा तालमेल नमिलेको देखिएकाले स्टक र कारोबारको वास्तविक अवस्था थाहा पाउन छापा हानेको हो ।
समैजी स्टोरले कारोबार अनुसारको राजस्व नतिरेको हुनसक्ने अनुमान गर्दै छापा हानेर स्टक र कारोबारको विवरण रुजु गर्न केही समय लाग्ने बताइएको छ। त्यसपछि मात्रै कारोबार तथा कर छली भएरनभएको थाहा हुने सूचना अधिकारी पौडेलले बताए। उनका अनुसार भोलिसम्म विवरण संकलनको काम सकिने सम्भावना रहेको छ ।