Agni Offset Press

थ्रीडीभिएल सहकारी संस्थाको बार्षिक साधारसभा सम्पन्न

Aarati simant

अत्तरिया, ३ असोज : गोदावरी नगरपालिकामा रहेको थ्रीडिभिएल बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम बार्षिक साधार सभा तथा विजया दशमीको शुभकाना कार्यक्रम सम्पन्न भएको छ । प्रतिभा सामुदायिक पुस्तकालयमा सोमबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
थ्रीडिभिएल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दिपक ओझाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नगर सहकारी शाखाका प्रमुख दिव्यराज जोशी रहेका थिए ।
जोशीले कार्यक्रममा २०७९ बैशाख १२ गते विधिवत रुपमा थ्रीडिभियल बहुउद्देश्य सहकारी संस्था लिमिटेड गोदावरी नगरपालिकामा दर्ता भएको बताए । उनले थोरै समयमा लगभग ३ लाख ३० हजार ५ सय शेयर पूजी बनाउन संस्था सफल भएको मा खुशी ब्यक्त गरेका थिए ।
उक्त साधारण सभामा अध्यक्षको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनमाथी छलफल, सञ्चालक तथा लेखा समितीको निर्वाचन सम्बन्धमा, विनियम संसोधन सम्बन्धमा, प्रबन्ध सञ्चालक र पारिश्रमीक तोक्ने सम्बन्धमा र अन्य बिविध सम्बन्धमा छलफल भएको थियो ।
संथाको हाल वास्तविक सम्पती १ लाख २६ हजार रहेको छ । त्यस्तै नगत मौज्दाता हालको वास्तविक सम्पती १० लाख ८० हजार ५३ रुपैया र असार मसान्त सम्मको ५ लाख २४ हजार २ सय २० रुपिया रहेको छ ।
यस्तै संस्थाको जम्मा वास्तविक खर्च १ लाख ३६ हजार ९ सय ४९ र जम्मा वास्तविक आम्दानी २६ हजार ८ सय ५० रुपैंया रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Goda1
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.