Agni Offset Press

धनगढीको भाटभटेनी सहित दुई होटललाई २–२ लाख जरिवाना

Aarati simant

अत्तरिया : धनगढीको भाटभटेनी सुपर मार्केटलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । भाटभटेनी सुपर मार्केटले सञ्चालन गर्दै आएको पेपे पिजा रेष्टुरेन्टले बजार मूल्य भन्दा झण्डै दोब्बरमा शुल्क लिएको भन्दै वाणिज्य, आपूर्ति तथा संरक्षण कार्यालयले जरिवाना गरेको हो । वाणिज्य, आपूर्ति तथा संरक्षण कार्यालयका सूचना अधिकारी ललित पन्तले मंगलबार गरिएको अनुगमनका क्रममा ग्राहकहरुबाट पेय पदार्थ र पानीमा बजार मूल्य भन्दा बढि लिएको पाइएपछि भाटभटेनी सुपर मार्केटलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार धनगढीकै जलसा होटल र रोस्यो घर हस्पीटालीटीलाई पनि दुई÷दुई लाख जरिवाना गरिएको छ । उनीहरुले पनि पानी र पेय पदार्थमा बढि मूल्य लिएको पाइएपछि जरिवाना गरिएको वाणिज्य तथा आपूर्ति कार्यालयले जनाएको छ ।

Goda1
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.