अत्तरिया, १० असोज : कैलालीको अत्तरियामा सुटवारी सञ्चालनमा आएको छ । हिन्दुहरुको महान चाड दसैँ अन्र्तगतको घट्नास्थापनाको अवसरमार युवा व्यवसायी अनुप जैरुले करिब ४० लाखको लगानीमा सुटवारी सटिङ्ग एण्ड सुटिङ्ग व्यवसाय सञ्चालनमा ल्याएका हुन । गोदावरी नगरपालिका–२ लोटसगल्लीमा रहेको उक्त पसलको सोमबार अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले उद्घाटन गरेका थिए ।
विगतदेखि नै सुट तथा कोट सम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएका युवा व्यवसायी अनुप जैरुले ग्राहकहरुलाई आवश्यकता अनुसारका सुट तथा कोटहरु प्रदान गर्ने उद्देश्यले सुटवारी सञ्चालनमा ल्याएको बताए ।
सुटवारीमा अन्र्तराष्ट्रिय स्तरका सम्पुर्ण ब्राण्डका कपडाहरु रहेको बताउदै उनले अत्तरियामै नयाँ तरिकाले ग्राहकहरुले खोजेअनुसारका सुटका कपडाहरु प्रदान गर्ने लक्ष्यका साथ सुटवारी सुरु गरेको बताए । उनले दिएको जानकारी अनुसार सुटवारीमा कोट, पाईन्ट, सर्ट, निजामती ड्रेस, स्कुल ड्रेस, संघंसंस्थाका ड्रेसका साथै चाडपर्वमा लगाईने विभिन्न लुगाकपडाहरु, विवाह ड्रेस, कुर्ता पाईजामा, रेडिमेड सर्ट तथा कोटहरु पाईनेछन । उनले सुटवारी मार्फत उपयुक्त मुल्यमा गुणस्तरिय लुगाकपडाहरु प्रदान गरिने बताए ।