बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु

बझाङ : बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ५ लुयाटा डिल का लाल बहादुर थापाको चट्याङ लागेर मृत्यु भएको छ । लेक खर्कमा बस्ने ५१ वर्षका थापाको चट्याङ लागेर मृत्यु भएको वडा अध्यक्ष प्रेम थापाले जानकारी दिए ।

‘मंगलबार दिउँसो चट्याङ लागेर उनको मृत्यु भएको रहेछ, लेकमा भएकोले आज थाहा भयो,’ वडा अध्यक्ष थापाले भने ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.