
धनगढी : डोटीका एक जना व्यक्तिले धनगढीस्थित बागेश्वरी अटोमोटिभ्स (टीभीएस) शोरुमबाट मोटरसाइकल खरिद गर्दा फुल क्यास ब्याक पाएका छन् ।
डोटीको केआईसिंह गाउँपालिका–७ का जितबहादुर महतले टीभीएस कम्पनीको अपाची आरटीआर १६० सीसी मोटरसाइकल खरिद गर्दा ‘लक्की ड्र’मा मोटरसाइकलको कूल रकम रु ३ लाख ३ हजार ९ सय फुल क्यास ब्याक पाएका हुन् । कम्पनीले चाड पर्वको अवसरमा ल्याएको ‘कायापलट योजना’ अन्तर्गत महतले खरिद गरेको मोटरसाइकल लक्की ड्रमा पर्न सफल भएको बागेश्वरी अटोमोटिभ्सका संचालक प्रेम साउँदले जानकारी दिए ।
विहीबार एक कार्यक्रमकाबीच शोरुमले विजेता महतलाई फुल क्यास ब्याक पाएकोमा खरिद रकम बराबरको चेक हस्तान्तरण गरेको छ । चेक हस्तान्तरणपछि बागेश्वरी अटोमोटिभ्सले विजेता महतसहित धनगढी चौराहदेखि मोतिचोकसम्म मोटरसाइकल र्यालीसमेत निकालेको थियो । संचालक साउँदले हरेक वर्ष धनगढीबाट टीभीएसको ग्राहलाई कुनै न कुनै उपहार पर्दौ आएको जानकारी दिए । टीभीएसले दशैं र दिपावलीसम्म विभिन्न अफरहरु राखेको अटोमोटिभ्सका सञ्चालक साउँदले बताए ।
