अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा इलेक्ट्रोनिक पसल सञ्चालनमा आएको छ । गोदावरी नगरपालिका–१ धनगढी रोड अत्तरियामा पारवती ट्रेड एण्ड सप्लायर्स नामक इलेक्ट्रोनिक पसल सनिबारदखि सञ्चालमा आएको हो ।
हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार को अवसर पारेर पसल उद्घाटन गरिएको छ । इलेक्ट्रोनिक पसल संचालक गोकुल भट्ट की आमा पारवती भट्ट ले उद्घाटन गरेकी हुन ।
पसल संचालक गोलुक भट्ट का अनुसार तिहारको उपलक्ष्यमा विशेष छूटका साथ इलेक्ट्रोनिक तथा इलेक्ट्रिक सामानहरू बिक्री सुरु गरिएको छ ।
४० लाख रुपैयाँ लगानीमा सञ्चालन मा ल्याएको पसलमा इलेक्ट्रनिक, इलेक्ट्रिक विद्युतीय सामग्रीहरू विद्युत तार, फ्रिज, टीभी,वशिङमेंसिन, ग्रिजर, पंखा, एसी, टेबल पंखा, राइस कुकर लगायत, यसुदा, एल जी, मोनोलाइट, औरा, स्कैवर्थ जस्ता ब्रान्ड कम्पनीका सामानहरू आधिकारिक थोक विक्रेता समेत भई सोही ब्रान्ड कम्पनी का सामानहरू उपलब्ध रहेको संचालक भट्ट ले बताए ।
