
अत्तरिया : कैलालीका गोदावरी नगरपालिकामा रहेको मालाखेती कृषि सहकारी संस्था लिमिटेडको छैटौं साधारण सभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि गोदावरी नगरपालिका मेयर विरेन्द्र भट्ट प्रमुख अतिथि थिए । उनले कार्यक्रममा सहकारीमा लागेर सबैले सानो ठूलो ऋण चलाउन पाएको बताए । ‘सहकारीबाट आफूलाई आत्मनिर्भर बनाउन सकिन्छ’ उनले भने ‘जसले देशको आर्थिक विकासमा टेवा पुर्याएको छ ।’
कार्यक्रममा गोदावरी नपा वडा नम्बर ३ का वडा अध्यक्ष तेजराज अवस्थीले सहकारीले छोटो समयमा राम्रो प्रगती गरेको बताए । उनले पछिल्लो समय एक सहकारीबाट ऋण लिएर अर्कोमा बुझाउने क्रम बढेकाले यसलाई रोक्न आवश्यक रहेको बताए ।
बार्षिक साधारण सभामा सहकारीका अध्यक्ष देवराज भट्टले सहकारीले हालसम्म ८८ लाख बढी ऋण लगानी गरेको बताए । उनले २०७९ असार मसान्त सम्म ८८ लाख १४ हजार ४४९ रुपैयाँ ऋण लगानी गरिएको बताए । सहकारीले २०७९ असार मसान्त सम्म ८१ लाख ९० हजार ७५७ रुपैया निक्षेत संकलन गरेको उनले बताए । २०७३ कार्तिक १२ गते २७ जनाको १ लाख ३५ हजार सेयर पुजीबाट स्थापना भएको उक्त सहकारीमा हाल २२ लाख २७ हजार ३ सय सेयर पुजी पुगेको छ । सहकारीले २०७९ असार मसान्तको विवरण अनुसार २० प्रतिशत तरलता कायम रहेको जनाएको छ ।
सहकारीमा हाल सदस्यको संख्या १ हजार १९० रहेको लेखा समिति संयोजक बालकृष्ण जोशीले बताए । उनले सहकारीले २०७८÷०७९ मा कुल २६ लाख ९६ हजार ७०१ रुपैयाँ आम्दानी गरेको बताए । साधारण सभामा सहकारीले आफ्नो छटौं साधारण सभामा उत्कृष्ट कृषक सहित ५ जनालाई सम्मानित गरेको छ । सहकारीबाट ऋण लिएर कृषि व्यवसायमा आवद्ध गोदावरी नगरपाकिला–१० का टेकराज पनेरुलाई सहकारीले उत्कृष्ट कृषक घोषित गरेको हो । उनलाई प्रमुख अथिति गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता टेकु कुमारी भण्डारी (खड्का) र लक्ष्मी खड्का, समयमै व्याज किस्ता बुझाउने सहकारीका सेयर सदस्य पदम सिह भण्डार र सविता चौधरीलाई सम्मानित गरिएको थियो । यस्तै कार्यक्रममा उत्कृष्टमा परेका सरस्वती कृषि समुह र ओम शान्ति कृषि समुहलाई पनि सम्मानित गरिएको थियो । सहकारी अन्तरगत हाल ४८ वटा कृषि समुह छन ।
