बझाङमा कुटपिटको आरोपमा वडाध्यक्ष समातिए

बझाङ : बझाङमा कुटपिट गरेको आरोपमा एक वडाध्यक्ष समातिएका छन्। ज्यान मार्ने उद्योग गरेको आरोपमा जिल्लाको खप्तडछान्ना गाउँपालिका–५ का वडाध्यक्ष तेजबहादुर खड्का समातिएका हुन्। बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीका अनुसार खप्तडछान्ना गाउँपालिका–६ का टेकबहादुर खड्काले उनीविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका थिए। सोही आधारमा वडाध्यक्ष खड्कालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

यस्तै प्रहरीले ज्यान मार्ने उद्योग गरेको आरोप लागेका अन्य ६ जनाविरुद्ध पनि किटानी जाहेरी परेको तर उनीहरु फरार रहेको जनाएको छ। फरारहरुको खोजी कार्य भइरहेको बताइएको छ। कुटपिटको घटना कात्तिक ९ गतेको भएको प्रहरीको भनाइ छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.