अत्तरिया : कैलालीमा आलुको दानाभित्र लुकाएर लागुऔषध ल्याउने एक जना पक्राउ परेका छन् । सोमबार जिल्लाको टिकापुर नगरपालिका वडा नं ९ स्थित नेपाल भारत सिमानाका खक्रौला चेक पोष्टबाट उनी समातिएका हुन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा टिकापुर नगरपालिका वडा नम्बर १ खड्क चोक नजिक बस्ने देसलाल चौधरीका २५ वर्षीय छोरा सुरज चौधरी रहेका छन्। उनी भारतबाट नेपालतर्फ आउने बेला शंका लागेर प्रहरीले चेक जाँच गर्ने क्रममा लागुऔषध बरामद गरिएको हो ।
उनले साईकलमा आलुको बोराभित्र आलुको दुई वटा दाना काटेर बिच भागमा लुकाएर लागुऔषध ल्याइरहेका थिए । उनको साथबाट २३ ग्राम ४१० मिलिग्राम लागुऔषध (खैरो हिरोईन) बरामद गरिएको प्रहरीले जनाएको छ ।