६ वर्षीया बालिका बलात्कार आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

बझाङ : बझाङमा ६ वर्षीया बालिका बलात्कार आरोपमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–२ का ७० वर्षीय धनगिरी सार्की पक्राउ परेका हुन् ।

पीडितहरुले गत भदौ ९ गते सार्कीले ती बालिकालाई चक्लेट, बिस्कुट दिन्छुँ भन्दै ललाई फकाई ३ पटक लगातार बलात्कार गरेको बताएका हुन् । खेतमा जाँदा बालिका सार्कीलाई देखेर डराउँदै लुकेपछि उनलाई किन डराएको भनी सोध्दा बालिकाले घटनाबारे बताएको बताइएको छ ।
बालिकाकी आमा माइती घर गएको मौका छोपी सार्कीले बालिकालाई आफ्नै घरमा ल्याएर करणी गरेको पीडित बालिकाको परिवारले जनाएको हो । जिल्ला प्रहरी कार्यालय बझाङले सार्कीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.