बझाङ : ढुङ्गा लागेर गम्भीर घाइते भएकी साइपाल गाउँपालिका वडा नम्बर ३ की महिला वडा सदस्य दिकी गुरुङको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
आइतवार बेलुका काया गाउँ नजिकै जालीगाण भन्ने ठाउँमा दाउरा बटुल्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर गुरुङ घाइते भएको काँडा माविका शिक्षक दीपक बोहराले जानकारी दिए । उनलाई काँडाबाट जिल्ला अस्पतालसम्म ल्याउनका लागि बाटोबाट तीन–चार लाग्ने भएका कारण साइपाल गाउँपालिकाको आर्थिक सहयोगमा हेलिकोप्टरबाट उद्धार गरेको गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराले बताए ।
गम्भीर घाइते गुरुङलाई नेपालगञ्ज लगिएको छ ।