Agni Offset Press

१६ औँ सुदूरपश्चिम महोत्सव मंसिर २२ गतेबाट

Aarati simant

धनगढी : यसबर्षको सुदूरपश्चिम महोत्सव मंसिर २२ गते देखि हुने भएको छ । कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सवको १६ औं संस्करण आयोजना गर्ने थालेको हो ।

संघका अध्यक्ष पुष्पराज कुँवरले ‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ हरेक वर्ष झै यो वर्षपनि मंसिर २२ देखि पुस २ गतेसम्म महोत्सव आयोजना हुने बताए ।
संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कुँवरले महोत्सवलाई सुदूरपश्चिमको औद्योगिक, व्यापार, कृषि तथा पर्यटन मेलाको रूपमा मनाइने बताए । उनले कृषि उत्पादन, मह, जडीबुटी, हस्तकला, अल्लोका सामग्री, अलैंची, अदुवा, मसला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलोक्ट्रोनिक, होटल, सूचना प्रविधिलगायत व्यापारिक, रमाइलो मेला तथा बाल उद्यान सहितका ३ सयभन्दा बढी स्टल रहने बताए । विगतका भन्दा फरक गर्नलाई गृहकार्य भईरहेको उनको भनाई छ ।

विगतमा संघीय सरकारलाई २१ किलोको मालासहित २१ बुँदे माग र प्रदेश सरकारलाई सात किलोको मालासहित ७ बुँदे माग राखेको संघले केही माग पुरा भएको भन्दै यसवर्ष माग संशोधन गर्ने तयारी समेत गरेको छ । अध्यक्ष कुँवरले मागहरू हेरफेर गर्न छलफल गरिरहेको बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.