घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

डोटी, २७ कात्तिक : डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार जिल्लाको जोरायल गाउँपालिका २ बिछिलकी ३८ वर्षीया कृष्णा धामीको भिरबाट लडेर शनिबार ज्यान गएको हो।

बिछिलस्थित मनकामना सामुदायिक वनमा घाँस काट्ने क्रममा भिरबाट करिब ३०० मिटर तल खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.