दार्चुलामा एमाले निकट एक युवकको मृत फेला

अत्तरिया : दार्चुलामा एक युवक मृत फेला परेका छन्। जिल्लाको खलंगा बजारबाट मत हाल्न ब्याँस गाँउपालिका वडा नम्बर ४ सुनसेरा गएका युवक मृत भेटिएका हुन्। प्रहरीका अनुसार मृत फेला पर्नेमा दार्चुलाको खलंगा बजारमा होटल व्यवसाय गर्दै आएका ३५ वर्षीय नरेन्द्र विष्ट रहेका छन्। प्रहरीले मृत फेला परेको भनेर भनेपनि उनको हत्या गरिएको मृतकका परिवारको दाबी छ।

विष्टको हत्या गरेर सुनसेराको डोम क्षेत्रमा फालिएको अवस्थामा सोमबार बिहानै शव फेला परेको उनका आफन्तले बताए। भोट हाल्नका लागि एकदिन अघि नै गाँउ (ब्याँस) पुगेका नरेन्द्रले मतदानको दिन मत हाल्न नआएपछि रातिदेखि खोजी गरेको मृतकका आफन्त मोहनसिंह विष्टले बताए।

मृतक विष्टका परिवारले मत दिनेरनदिने विषयमा विवाद भएपछि हत्या भएको भन्दै हत्यारा सार्वजनिक नहुँदासम्म चुप नबस्ने चेतावनी दिएका छन्। यस्तै स्थानीय एमाले नेताहरुले पनि नरेन्द्रको हत्या भएको भन्दै हत्यारालाई कानुनी दायरामा नल्याउँदासम्म शव नबुझ्ने अडान लिएका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाले घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ। घटना शंकास्पद (हत्याको जस्तो प्रकृति) भएको प्रहरीको भनाइ छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.