
अत्तरिया, १६ मंसिर : कैलाली गोदावरी नगरपालिकाको अत्तरिया बजार नजिक रहेको बजाज मोटरसाइकलको एकमात्र अधिकारिक विक्रेता रूद्र अटोमोटिभ्स मा यही मंसिर १९ गते देखि एक्सचेन्ज अफर ‘मेला’ सुरु हुन गइरहेको छ । उक्त अफर मा ‘अब आउट डेट लाई गरौं अपग्रेड’ शीर्षकका साथ ‘बजाज एक्सचेन्ज महा मेला’ मंसिर १९ गते देखि अफर ५ दीन मंसिर २३ गते सम्म लागू हुने गरी सुरु हुन लागेको हो ।
सो अफर मा ग्राहकहरुले आफू सँग भएको कुनै पनि कम्पनी को पुरानो मोटरसाईकल ल्याएर एक्सचेन्ज गरी बजाज कम्पनी को नयाँ मोटरसाईकल लिएर जान सक्ने सहजता यस अफर मा उपलब्ध गराएको छ । यस अफर मा ग्राहकहरुले आफू सँग भएको पुरानो मोटरसाईकल एक्सचेन्ज गर्दा आफ्नो मोटरसाईकल को प्रचलित बजार मूल्याङ्कन भन्दा रु.७ हजार रकम ग्राहकहरुको मोटरसाइकल मा थप गरी एक्सचेन्ज गरिने रुद्र अटोमोटिभ्स अत्तरिया बजाज शोरुम ले जनाएको छ ।
साथै ५ दिन सम्म हुन गइरहेको यस बजाज एक्सचेन्ज अफर मेला मा ग्राहकहरु ले यस बजाज कम्पनी को जुनसुकै नयाँ मोटरसाईकल खरिद गर्दा रु.७००० रकम बराबर को नगद छुटको समेत सुविधा उपलब्ध गराइने भएको छ । ग्राहकहरुले डाउन पेमेन्ट मा बजाज कम्पनीको मोटरसाइकल खरिद गर्न चाहनेलाई सहज फाईनान्सको सुविधा रहेको छ । साथै यस अफर अन्तर्गत रहेको अन्य निःशुल्क एक्सेसोरीज सामानहरु समेत यस एक्सचेन्ज अफर मेला मा उपलब्ध हुन गइरहेको रुद्र अटोमोटिभ्स अत्तरिया ले जनाएको छ ।
