महाकालीको धार परिवर्तन हुने गरी तटबन्ध बनाउँदै भारत, विरोधमा बांगाबगरवासीले गरे सीमा पुल बन्द

दार्चुला : महाकाली नदीको धार परिवर्तन हुने गरी भारतले तटबन्ध बनाउन थालेपछि बांगाबगरका स्थानीय बासिन्दाले नेपाल–भारत जोड्ने झोलुङ्गे पुल बन्द गरेका छन् । आइतबार दिउँसो ४ बजेबाट बांगाबगरका स्थानीय महिला र पुरूषको समूह आएर पुलमा ताल्चा लगाएको हो ।

स्थानीयले तटबन्ध निर्माण गरिरहेका भारतीय पक्षलाई ढुंगामुढासमेत गरेका थिए । ढुंगामुढा गर्दा पनि निर्माण नरोकिएपछि अहिले नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा ताल्चा लगाउन बाध्य भएको स्थानीयले बताएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.