अत्तरिया : कैलालीको गोदावरी नगरपालिका २ मा रहेको सिटी बचत तथा ऋण सहकारी संस्थाको ११ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार एक औपचारिक कार्यक्रमका बिच उक्त सहकारी संस्थाको ११ औँ सभा सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश साँसद प्रकाश बम प्रमुख अतिथि रहेका थिए ।
वि.स. २०६८ साल मंसिर २० गते ५६ जनाबाट सुरु भएको सिटी बचत तथा ऋण सहकारी संस्थामा हाल १ हजार ७ सय ४९ जना सेयर सदस्य रहेका छन । बार्षिक प्रतिवेदन अनुसार संस्थाको शेयर चुक्ता पुजी २०७८ असाढ मसान्त सम्म रु १ करोड ४० लाख ३६ हजार १ सय रुपैँया रहेकोमा २०७९ असाढ मसान्त सम्म ६ दशमलव ८७ प्रतिशतले वृद्धि भइ १ करोड ५० लाख पुगेको छ । यस्तै २०७९ असाढ मसान्त सम्म ३ करोड ६१ लाख ५५ हजार ८७७ उक्त संस्थाको निक्षेप रहेको संस्थाको बार्षिक प्रतिवेदनमा उल्लेख छ । सहकारी संस्थाले हाल ७ करोड ३ लाख ५७ हजार ९ सय ९६ रुपैया ऋण लगानी गरेको छ ।
प्रतिवेदनमा उल्लेख भए अनुसार आ।व। २०७८÷७९ मा सहकारीले २५ लाख १० हजार ३ सय ५६ रुपैयाँ ५९ पैसा मुनाफा आर्जन गरेको छ । सहकारीले आर्थिक बर्ष २०७९÷८० मा शेयर पुजी १ करोड ६० लाख र यस्तै आर्थिक बर्ष ०७९(८० मा कर्जा प्रबाह ७ करोड पुगाइने लक्ष्य राखेको छ ।
अत्तरिया बजार क्षेत्र भित्र सहकारी सस्थाका सेयर सदस्यलाइ मध्यनजर गरी उनीहरुको हितका लागि सुपथ मुल्य पसल संचालन गर्ने योजना सिटी बचत तथा ऋण सहकारीको छ । हाल सहकारीको कार्यक्षेत्र कैलालीको गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिका भित्र रहेकोमा आगामी दिनमा संस्थाले कार्यक्षेत्र विस्तार गर्ने योजना बनाएको छ ।