नबजीवन सहकारीको निक्षेप ४ अर्ब ९ करोड १३ लाख

अत्तरिया, २८ मंसिर : नवजीवन सहकारी संस्थाको २९ औं वार्षिक साधारसभामा सभा सम्पन्न गरिएको छ । गोदावरी नगरपालिका रहेको अत्तरिया शाखाले बुधबार साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाको अध्यक्ष देवबहादुर बमको सभापतित्वमा सुरु भई सम्पन्न साधारण सभा प्रमुख अतिथिमा सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बहादुर बम रहेका थिए ।
संस्थाका अध्यक्ष देवबहादुर बम ले वार्षिक प्रतिवेद प्रस्तुत गरेका थिए । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै वि स २०४९ साल मा सामुदायीक वचत कोस् बाट सुरु भई २०५० साल मंसिर ३० गते बाट विधिवत् रुपमा काम सुचारु गरेको हो । जनजीवन देशको अग्रणी सहकारी संस्थाको रुपमा स्थापना भएको अध्यक्ष बमको भनाई रहेको छ ।
संस्था ले २९ औं वर्ष पूरा भई ३० वर्षमा प्रवेश गरिरहँदाको उपलक्ष्यमा संचालक समिति लगायत सम्पूर्ण सदस्यहरुलाई बधाई व्यक्त गर्दै उनले सहकारीको शेयर पूंजी २१ दशमलव ४९ प्रतिशतले वृद्धि भई २०७९ मसान्तसम्ममा संस्थाको २६ करोड ९५ लाख ६८ हजार पुगेको छ । यसै गरी २०७८ मसान्त मा सेयर सदस्य २३ हजार ८सय ६२ रहेकोमा अहिले २०७९ आषाढ मसान्तमा ३० हजार ४ सय ४२ जना शेयर सदस्यहरु पुगेको छन् ।
यस्तै सहकारीको आ व २०७८\०७९ मसान्तमा जगेडा कोष तर्फ ५० करोड ८८ लाख ६८ हजार ५ सय ३० रकम रहेको संस्थाले सभामा प्रस्तुत गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ । यसै गरी कर्जा तर्फ संस्था को २०७९ आषाढ मसान्त मा ३अर्ब ८६ करोड ९१ लाख ७८ हजार रहेको छ । यस संस्था ले आ व २०७८\२०७९ मा गरेको आर्थिक कारोबार बाट सम्पूर्ण खर्च कटाई १० करोड ७९ लाख ४८ हजार रकम बराबर को खुद नाफा आर्जन गर्न सफल भएको छ ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.