कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार धामीलाई

दार्चुला, २९ मंसिर : कालापानी सिर्जनशिल पत्रकारिता पुरस्कार २०७९ लिम्पियाधुरा रास्ट्रिय साप्ताहिक पत्रिकाका प्रकाशक, सम्पादक एवम अन्नपूर्ण पोष्ट दैनिक दार्चुलाका सम्वाददाता सुन्दरसिह धामीलाई प्रदान गरिएको छ । मिडिया विकास समाज नेपालले दार्चुलामा क्रियाशीलमध्ये सृजनशील पत्रकारलाई हौसला प्रदान गर्न प्रत्येक वर्ष प्रदान गर्ने कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार धामीलाई दिइएको हो ।
धामी नेपाल पत्रकार महासंघ दार्चुला शाखाका सचिवसमेत हुन् । मिडिया विकास समाज नेपाल दार्चुलाको कार्य समितिको बैठकले यस वर्षको पुरस्कारको टुंगो लगाएको मिडिया विकास समाज नेपालका अध्यक्ष पदन बडालले जानकारी दिए । सुशासन, पारदर्शिता, जवाफदेही र सञ्चारको क्षेत्रमा क्रियाशील नागरिक संस्था मिडिया विकास समाज नेपालले सृजनाशील पत्रकारलाई प्रोत्साहन गर्न एक लाखको अक्षय कोषको स्थापना गरी हरेक वर्ष कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।
पुरस्कारको राशी ५ हजार १ सय ५१ रुपैयाँ रहेको संस्थाका अध्यक्ष बडालले बताए । पत्रकारितामा लागेको एक दशकपछि पत्रकार धामीले सिर्जनशील पत्रकारिता पुरस्कारद्वारा सम्मानित भएका हुन् । २०६८ सालदेखि मिडिया विकास समाज नेपाल दार्चुलाले सिर्जनशील पत्रकारलाई प्रदान गर्दै आएको छ । यो पुरस्कारबाट हालसम्म २०६८ सालमा पत्रकार लोकेन्द्र बम, ०६९ मा बीरेन्द्र महरा, ०७० सालमा कृष्णसिंह धामी पुरस्कृत भएका थिए । यस्तै, ०७१ मा भागरथी भट्ट, ०७२ मा मनोज बडु, ०७३ मा किरण धामी, ०७४ मा लोकेन्द्र जोशी, ०७५ मा सन्तोष कोट्टारी र ०७६ मा रामसिंह धामी तथा ०७७ मा विरादत्त भट्ट तथा ०७८मा लक्ष्मण सिह धामी लाई उक्त पुरस्कार प्रदान गरिएको छ । २०६८ सालदेखि हाल सम्म १२ जना पत्रकारलाई यो पुरस्कार प्रदान गरिएको मिडिया विकास समाज नेपाल दार्चुलाले जनाएको छ ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.