नेपाल बैंक लिमिटेड द्वारा अछामका पहिरो पीडित परिवारलाई जनहि १० हजार आर्थिक सहयोग

अत्तरिया : नेपाल बैंक लिमिटेडले अछामका पहिरो पीडितलाई राहत रकम दिएको छ । अछामको कमलबजार गाउँपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिका बाढी पीडितहरुलाई नगद रकम दिएको हो । आईतबार नेपाल बैंक लिमिटेडले कमलबजार गाउँपालिकामा एक कार्यक्रम गरी पहिरोमा मृतक परिवारलाई जनहि १० हजार दिएको अछाम साफेबगर शाखाका प्रबन्धक दिनेशराज जोशीले जानकारी दिए ।
सामाजिक उत्तरदायित्व अन्र्तगत गत भदौँ ३१ गते आएको बाढी पहिरोमा परेर मृत्यु भएको २३ परिवारलाई नगद रकम हस्तान्तरण गरेको हो । सबै परिवारलाई गरी जम्मा २ लाख ३० हजार रकम दिएको हो । रकम हस्तान्तरण कार्यक्रममा बैंकका सुदूरपश्चि प्रदेश प्रमुख विश्वराज भण्डारी कमलबजार गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रर्जा बोगटी र पालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.