अत्तरिया कृषि सहकारीको २ करोड ८८ लाख ५९ हजार निक्षेप संकलन

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–१ अत्तरिया बनखेतमा रहेको अत्तरीया कृषि सहकारी संस्थाका लिमिटेडको ७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार संस्थाका अध्यक्ष विक्रम विश्वकर्मा को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर बम रहेका थिए । कार्यक्रममायस्तै विशिष्ठ अतिथिमा राष्ट्रिय सहकारी बैंक धनगढी शाखा प्रमुख कृष्ण रावल थिए ।
यसै गरी संस्थाको वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष विक्रम विश्कर्माले प्रस्तुत गरेका हुन् । संस्थाको लेखा समिति प्रतिवेदन लेखा समिति संयोजक नन्दराज भट्ट ले गरेका हुन् । संस्थाको प्रगति प्रतिवेदन विवरण प्रस्तुत संस्थाकी प्रवन्धक संक्रान्ति भट्टले गरेका थिइन ।
संस्थाको वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष विक्रम विश्वकर्मा ले २०७३ साल बाट ३३ जना शेयर सदस्य मिलेर ५ लाख ४० हजार रुपैयाँको कारोबारबाट सुरुवात गरेको सहकारीमा ६ वर्ष पार गर्दै जाँदा ५ करोड भन्दा माथिको कारोवार गर्न सफल भएको उनले बताए । उनले विगत एक वर्ष देखि पुरै राज्य आर्थिक संकटको चपेट मा परेको वेला वित्तीय कारोबार गर्ने संस्थामा पनि ((प्रत्यक्ष) असर पर्ने स्वाभाविक हुँदाहुँदै पनि सदस्यहरूलाई सेवा प्रदान गर्न कुनै कमी नगरेको बताए । त्यो समयमा अधिकांश बैंक र वित्तीय संस्थाहरुमा कर्जा लगानी बन्द गरेको अवस्थामा पनि संस्थाले २ सय ६६ जना शेयर सदस्यहरु लाई ५ करोड ५ लाख १२ हजार रुपैयाँ बराबरको कर्जा लगानी गरेको समेत उनले जानकारी दिए ।
यसै गरी संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्था कि प्रवन्धक सक्रान्ति भट्ट ले सहकारीले आ. व. २०७८\०७९ मा ५ करोड ७ लाख बराबर को आर्थिक कारोबार गरेको बताइन् । प्रवन्धक भट्ट ले उक्त कारोबार बाट सम्पूर्ण खर्च कटाई संस्था ले आ. व. २०७८\०७९ मा २२ लाख २५ हजार ५८ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको बताइन् । प्रवन्धक भट्ट ले ५ लाख ४० हजार को आर्थिक कारोबार बाट ३३ जना शेयर सदस्यहरु मिलेर संचालनमा ल्याइएको सहकारी संस्था मा २०७९ मसान्त सम्म संस्थाको शेयर पूंजी ५६ लाख ३० हजार ८ सय रकम रहेको छ । कुल शेयर सदस्य संख्या ९ सय १ जना रहेको साथै आगामी आ व २०७९\८० सम्म ११ सय जना शेयर सदस्यहरु बनाउने लक्ष्य समेत लिएको उनले बताइन् । यसै गरी संस्था ले २ करोड ८८ लाख ५९ हजार रकम निक्षेप बचत संकलन गरेको र जगेडा कोष हरुमा ४६ लाख ४० हजार रकम रहेको साथै ४ करोड ३१ लाख ५१ हजार ४ सय रकम यस संस्था ले कर्जा तर्फ लगानी गरेको उनले बताइन् । संस्था ले २०७८\०७९ मा ऋण प्रदान गरे वाफत उक्त ऋण बाट ६१ लाख ६३ हजार बराबरको रकम ब्याज प्राप्त गरेको जानकारी दिईन् ।
साथै संस्था की सचिव भागरथी कुमारी बडुले कार्यक्रम सञ्चान गरेका हुन । साधारणसभा कार्यक्रममा स्वागत मन्तव्य संस्था की ऋण लगानी उप–समिति संयोजक कुन्ती देवि पाण्डेयले गरेकी हुन । साथै साधारण सभा कार्यक्रममा अत्तरियामा रहेको किसान कृषी सहकारी संस्थाका प्रवन्धक सुन रोकाया, अपी सैपाल वचत तथा ऋण सहकारी संस्थाका सह–ब्यवस्थापक दीपा भट्ट अतिथि थिए । कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पदाधिकारीहरु हरुको समेत सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.