बैजनाथ सहकारी संस्थाको १० औं वार्षिक साधारणसभा सम्पन्न

अत्तरिया, ९ पुस : कैलालीको गोदावरी नगरपालिका–५ मा रहेको बैजनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष अम्मरबहादुर बोहराको सभातित्वमा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष अमरबहादुर बोहरा ले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २०६४ सालमा ५७ जना स्थानीय बासिन्दा भेला भई नियमित मासिक २ सय रुपैयाँ बचत गरी संकलित बचत लाई परिचालन गरी ११ हजार ४ सय रकम बाट संचालन गरिएको जानकारी दिए । यसैगरी अध्यक्ष बोहरा ले सहकारी ऐन २०४८ अनुसार २०७० साल भाद्र १३ गते डिभिजन तथा प्रशिक्षण कार्यालय कैलालीमा विधिवत् रूपमा दर्ता गरिएको उनले बताए । अध्यक्ष बोहरा २०७० सालमा विधिवत् रुपमा दर्ता गरिएको ११ हजार ४ सय रुपैयाँ बाट संचालन ल्याइएको यस सहकारी संस्था मा आ व २०७८\०७९ असार मसान्त सम्ममा संस्थाको कुल शेयर पूंजी ५२ लाख ९१ हजार रहेको बताए । संस्थाले सम्पूर्ण सदस्यहरू लाई बचत तथा ऋणको महत्वबारे चेतना गजाई कृषि र व्यवसाय मुलक कार्यक्रम सञ्चालन गर्दै आईरहेको र संस्था का अधिकांश शेयर सदस्यहरु कृषिमा आधारित भएकोले संस्थाका शेयर सदस्यहरुको आबश्यकताहरुलाई मध्यनजर गरी कृषि मा आवश्यक मल तथा सामग्री खरिद बिक्री गरी सेवा उपलब्ध गर्दै आइरहेको बताए ।
यसै गरी संस्थाले आ.व २०७८\०७९ मा ४ करोड ८७ लाख ९१ हजार २ सय ८० रकम बराबरको आर्थिक कारोवार गरेको छ । संस्था ले आ. व २०७८\०७९ मा उक्त आर्थिक कारोबार बाट सम्पूर्ण खर्च कटाई ९ लाख ९७ हजार ३ सय ८२ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । संस्था ले २०७८\०७९ मा ३ करोड ९५ लाख ६० हजार रकम बराबरको निक्षेप संकलन गरेको छ भने संस्था ले ३ करोड ९२ लाख ५० हजार बराबरको रकम कर्जा तर्फ प्रबाह गरेको छ । यस्तै संस्था को यस वर्ष जगेडा तथा कोषमा ३१ लाख ६६ हजार ५ सय ७० रकम रहेको छ । यसै गरी ५२ लाख ९१ हजार रकम शेयर पूंजी रहेको यस सहकारी संस्थामा हाल ७ सय ५० जना शेयर सदस्यहरु रहेका छन् ।
संस्थाले प्रधान कार्यालयले गोदावरी नगरपालिका ५ बनाई संस्थाको कार्य क्षेत्र गोदावारी नगरपालिका को १,५ र धनगढी उ. न.पा. वडा नं १३ मा सेवा उपलब्ध गर्दै आइरहेको प्रतिवेदन मा उल्लेख गरिएको छ । यसैगरी संस्था ले १० औं वार्षिक साधाणसभाको अवसर पारी संस्था मा आबद्ध शेयर सदस्य हरुलाई विभिन्न विधामा सम्मान र पुरस्कृत समेत गरेको हो ।
संस्थाका अध्यक्ष अम्मरबहादुर बोहराको सभापतित्वमा सम्पन्न भएको साधारण सभामा प्रमुख अतिथि सुदूपश्चिम सहकारी प्रशिक्षक देवराज पन्त रहेका थिए । यसैगरी साधारणसभाको कार्यक्रम सञ्चालन संस्थाका सचिव राजबहादुर कडायतले गरेका हुन । कार्यक्रममा स्वागत मन्तव्य संस्था का उपाध्यक्ष प्रेमसिंह धामी ले गरेका थिए । साथै सभा मा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,पदाधिकारीहरु को समेत सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.