धनगढी: मालिकार्जुन दार्चुला सेवा समिति धनगढीको अध्यक्षमा महेन्द्रराज पन्त दोस्रो कार्यकालकोलागि निर्विरोध निर्वाचित भएका छन्। शनिबार धनगढीमा सम्पन्न ५औं अधिवेशन तथा ८औं वार्षिक साधारण सभाबाट समितिको नयाँ नेतृत्व चयन गरिएको हो। जसर अनुसार समितिको अध्यक्षमा पन्त दोस्रो कार्यकालकोलागि निर्विरोध निर्वाचित भएका हुन्।
पन्त यसअघिको कार्यकालमा पनि अध्यक्ष थिए। यस्तै समितिको वरिष्ठ उपाध्यक्षमा कालुसिंह धामी, उपाध्यक्षमा जयन्ती धामी, सचिवमा देवदत्त भट्ट, सहसचिवमा जनकसिंह सामन्त, कोषध्यक्षमा करविरसिंह साउद र सदस्यहरुमा पदम बम, विरसिंह धामी, जयदेव धामी, दिपक साउद, गोपालसिंह ठगुन्ना र गौरीदेवि लाथ्याल चयन भएका छन्। उक्त समितिले धनगढी लगायतका क्षेत्रमा निरन्तर मानवीय सेवा तथा बिभिन्न सामाजिक सेवाका कार्यहरु गर्दै आइरहेको छ।
पाँचौ अधिवेशन तथा आठौँ बार्षिक साधारण सभा एवम् पाँचौ बृहत् रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी प्रदेश सभा सदस्य रमेश सिंह धामी, अध्यक्ष महेन्द्रराज पन्त, सचिव देवदत्त भट्ट लगायत बिभिन्न ब्यक्तीहरुको सहभागिता रहेको थियो।