प्रधानमन्त्रीको शपथ लिँदै प्रचण्ड, आजै मन्त्रीमण्डल गठन

काठमाण्डौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज तेस्रोपटक प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

उनले अपरान्ह ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गर्न लागेका हुन् । प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाउने छिन् । उनले आइतबार प्रतिनिधि सभाका १६९ जना सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । हिजो नै दिन राष्ट्रपतिले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

प्रचण्डले आज नै सानो आकारको मन्त्रीमण्डल गठनको तयारी पनि गरेका छन् । उनले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदको समर्थनसहित प्रधानमन्त्री बनेकाले सबैलाई समेट्ने गरी प्रचण्डले मन्त्रीमण्डल गठनबारे छलफल गरिरहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.