अत्तरिया : काठमाण्डौँ बालकोटमा तयार भएको नयाँ गठबन्धनमा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिका तर्फबाट अध्यक्ष रन्जिता चौधरी पनि सहभागी थिइन् । उनी बालकोट मात्रै गइनन् सितलनिवास समेत पुगिन् ।
केन्द्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गर्दा प्रदेशमा पनि त्यही गठबन्धनलाई नागरिक उन्मुक्तिको साथ हुने अपेक्षा गरिएको छ । तर, यहाँ नागरिक उन्मुक्ति निर्णय भएको हुँदा मुख्यमन्त्री दाबी गर्दा पनि दिनुपर्ने परिस्थिति नआउँदा भन्न सकिन्न ।
नयाँ गठबन्धनमा नागरिक उन्मुक्तिका ७ सांसद जोड्दा २९ पुग्छ । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदको संख्या २४ मात्रै पुग्छ । एमाले नेतृत्वको गठबन्धनबाट कांग्रेस नेतृत्वको गठबन्धनलाई नागरिक उन्मुक्तिले साथ दिने अवस्था सृजना हुँदा कांग्रेस नेतृत्वको गठबन्धनको सिट संख्या ३१ पुग्छ ।
यहाँबाट स्वतन्त्र उम्मेदवार नयाँ गठबन्धनका जाँदा पनि सरकार बन्ने अवस्था सृजना हुन्छ । सरकार बनाउन २७ सांसद आवश्यक पर्छ ।
एमाले माओवादी र राप्रपा मात्रै सरकार बनाउन सक्दैनन् । कांग्रेस र नेकपा एकीकृत समाजवादी पनि सरकार बनाउन सक्दैनन् । नागरिक उन्मुक्तिले जसलाई समर्थन ग¥यो त्यही दलको सरकार बन्ने हुँदा सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टीले गर्नुपर्ने अवस्था पनि सृजना हुन सक्छ । तर, यो सम्भावना भने निकै कम छ । प्रदेशमा नागरिक उन्मुक्ति पार्टीको सम्मानजनक उपस्थिति नभए त्यो परिस्थिति पनि आउन सक्ने आकलन गरिएको छ । एमाले नेतृत्वको सरकार बन्न नदिन कांग्रेस र नेकपा एकीकृत समाजवादीले नागरिक उन्मुक्तिलाई मुख्यमन्त्रीको अफर दिएर त्यसमा नागरिक उन्मुक्ति सकारात्मक भए रामेश्वर चौधरी मुख्यमन्त्री बन्न सक्ने छन् । उनी नागरिक उन्मुक्तिको सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता हुन् । नागरिक उन्मुक्तिलाई फकाउन दुवै पक्ष फकाउन लागेको बुझिएको छ ।
सम्बन्धित पाेस्टहरु