अत्तरिया, १३ पुस : धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सिटिस्क्यान मेसिन सञ्चालनमा आएको छ । बुधबार अस्पतालले एक सुचना जारी गर्दै मेसिन सञ्चालनमा आएको जानकारी दिएको हो । अस्पतालका प्रमुख सुपरिन्टेण्डेन्ट हेमराज पाण्डे द्वारा हस्ताक्षरित सुचनामा भनिएको छ । ‘सिटिस्क्यान मेसिन जडान भई सम्पूर्ण परीक्षण पूर्ण रुपमा सञ्चालनमा आएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’
