बैजनाथ सहकारीको अध्यक्षमा कडायत चयन

अत्तरिया, १३ पुस : कैलालीको गोदावरी नगपालिका –५ गेटा मा रहेको बैजनाथ बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा राजबहादुर कडायत चयन भएका छन् । संस्थाको १० औं साधारणसभाबाट राजबहादुर कडायत अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
साधारण सभाको बन्दसत्रले कडायतको अध्यक्षतामा ११ नयाँ सदस्यिय कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा नरेन्द्र बहादुर बोहरा, सचिवमा मणरीन्द्र बुढा, कोषाध्यक्षमा प्रेमबहादुर कुमाल चयन गरेको छ ।
यस्तै कार्यसमिति सदस्यहरुमा रामचन्द्र राना,माया पनेरु, विपना कडायत, रस्मी भट्ट, बसन्ती कुमारी धामी,धन बहादुर खत्री र लोकेन्द्र धामी रहेका छन् । साथै संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा मानबहादुर सेठि भएसंगै सदस्यमा निखिल कडायत र भीम बोहरा भएका छन् ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.