सुदूरपश्चिम प्रदेश नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा रामेश्वर चयन

अत्तरिया : सुदूरपश्चिम प्रदेश नागरिक उन्मुक्ति पार्टी संसदीय दलको नेतामा रामेश्वर चौधरी चयन भएका छन्। कैलाली क्षेत्र नम्बर २ प्रदेश सभा (ख) बाट प्रत्यक्षतर्फ निर्वाचित रामेश्वरलाई संसदीय दलको नेतामा चयन गर्ने पार्टीले निर्णय गरेको हो।

‘पार्टीले संसदीय दलको नेतामा रामेश्वर चौधरीलाई बनाउने भनी निर्णय गरिसकेको छ’ उन्मुक्ति पार्टीका जिल्ला अध्यक्ष कैलाश चौधरीले बिहीबार भने ‘अब उहाँकै निर्णयमा हामी अघि बढ्छौं।’ यसअघि पार्टीभित्र संसदीय दलको नेताका लागि पार्टीभित्र रामेश्वरसहित चार जनाको दाबी रहेको थियो।

प्रत्यक्षतर्फ पाँच र समानुपातिक तर्फबाट दुई गरी सातजना प्रदेश सभा सदस्य रहेकोमा कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (ख) बाट निर्वाचित लक्ष्मणकिशोर चौधरी, प्रदेश (क) बाट निर्वाचित कैलाश चौधरी र समानुपातिकतर्फबाट निर्वाचित टीका थापा संसदीय दलको नेताका आकांक्षी थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.