धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाजबादलाई साकार बनाउने महत्वपुर्ण माध्याम सहकारी संस्था रहेका बताएका छन् ।
सुर्मा साईपाल बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक साधारणसभा उद््घाटन गर्दै मुख्यमन्त्री भट्टले भने, ‘समाजबादको सपनालाई साकार पार्ने मुख्य खम्बा सहकारी संस्था हुन्, त्यसैले सहकारी संस्था सुदृढ हुनु जरुरी छ ।’
मुख्ययमन्त्री भट्टले कतिपय सहकारी संस्थाले छोटो समयमा राम्रो प्रगति गरेको भएपनि केही संस्था भने स्थापना पछि धर्मराएका बताए । संस्या खोलेर पदमा बस्ने र केही नगर्ने प्रवृति भयोभने संस्थाको विकास हुन सक्दैन,’ मुख्यमन्त्री भट्टले भने, ‘संस्थाको विकास गर्न शेयर सदस्यको चासो र सञ्चालक समितिको सक्रियता अपरिहार्य हुन्छ ।’
सुर्मा साईपालले स्थापनाको छोटो समयमा राम्रो प्रगति गरेको भन्दै उनले आगामी दिनमा थप मेहनत गरेर शेयर सदस्यलाई बढी भन्दा बढी सेवा दिदै सामाजिक परिवर्तनमा सहिक्रय बन्न आग्रह गरे । देशमा कृषि, बचत तथा ऋणमा केन्द्रित भएर मात्रै सहकारी संस्था स्थापा भएका भन्दै उनले अव श्रम सहकारी र पर्यटन सहकारी पनि सञ्चालनमा आउनु आवश्यक रहेको बताए ।
‘श्रम गर्ने जनशक्ति अहिले कम हुँदै गएको छ,’ मुख्यमन्त्री भट्टले भने, ‘ जस्का कारण सुदूरपशिचमका धेरै सम्भावनाहरु उजागर हुन सकेका छैनन्, त्यसैगरी यहाँ पर्यटन व्यवसायको राम्रो सम्भावना भएपनि हामीले भित्र्याउन सकेका छैनौं, ती सम्भावना उजागर गर्न सहकारी सञ्चानलन गरिनु पर्दछ ।’
सुर्मा साईपालका अध्यक्ष मदन रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सभामुख अर्जुनबहादुर थापा, निवर्तमान प्रदेश सभा सदस्य शान्ति बिक, देवकी मल्ल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा भुवा नाच सहति विभिन्न सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिएका थिए ।
१५ जना सम्मानित
सुर्मा साईपाल बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभाका अवुरमा तीन जना विद्यार्थी सहित १५ जना सम्मानित भएका छन् ।
संस्थामा आबद्ध शेयर सदस्यका छोराछोरीले एसईईमा उत्कष्ठ नतिजा ल्याए वाफत छात्रवृति सहित तीन जनालाई सम्मान गरेको हो । सम्मानित हुने विद्यार्थीमा निकिता जोशी, लोचन जोशी र महेशराज उपाध्याय रहेका छन । संस्थाले असल बचत कर्ता र असल ऋणिलाई पनि सम्मानित गरेको छ ।
सम्मानित हुने असल ऋणीमा कृष्णबहादुर जप्रेल, शुशीला कुमारी धामी, रोजिना कुमारी थापा, हाशुली कुमारी जोशी र जयन्ति तिमिल्सिना रहेका छन् । यसैगरी बचतकर्ता तर्फ कमलादेवि पाठक, सिर्जना चन्द, फुलकुमारी चौधरी, दिपेन्द्र बहादुर सिंह, कुशी पराजुली, बहादुर मल्ल र मिथिलेस शाह रहेका छन् ।
एक सय एक जना शेयर सदस्यले सुरु गरेको सुर्मा साईपालमा हाल १ हजार १ सय एक सय तीन जना शेयर सदस्य आबद्ध रहेका छन् । सुर्मा साईपालले शेयर सदस्यबाट तीन करोड सात लाख बत्तिसहजा पाँच सय शेयर पूजी संकलन गरेको छ ।
संस्थाका अध्यक्ष मदनराज रेग्मीका अनुसार गत आर्थिक बर्षमा संस्थाले एक करोड ९१ लाख, ३७ हजार ७ सय ९५ रुपैंया आम्दानी गरेकोमा ६५ लाख ६१ हजार ५ सय ५८ रुपैंया खुद मुनाफा आर्जन गरेको थियो ।
सुर्मा साईपाल बचत तथा ऋण सहकारी संस्थाले चालु आर्थिक बर्षमा ८ करोड ६२ लाख २० हजार एक सय ४८ रुपैया बचत गरेको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक बर्ष सम्म संस्थाले ७ करोड ९ सय कर्जा लगानी गरेको र त्यस मध्य ५ करोड ७७ हजार ७ हजार ९ सय १३ रुपैंया असुली गरेको ऋण समितिको प्रतिबेदनमा उल्लेख गरिएको छ । सर्मा साईपालले स्थापना देखि गत आर्थिक बर्षको अषाढ मसान्त सम्म १० कारोड ४७ लाख ८ हजार ८ सय ६६ रुपैया ऋण लगानी गरेको छ ।
सम्बन्धित पाेस्टहरु