समाजवादी सुदूरपश्चिम संसदीय दलको नेतामा सोडारी

अत्तरिया, १५ पुस : नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन् । पार्टी बाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिब दिनेशचन्द्र सुवेदीको उपस्थितीमा बसेको बैठकले सोडारीलाई दलको नेता चयन गरेको हो ।

सोडारी कैलाली निर्वाचन क्षेत्र ४ (१)को प्रदेश सभामा ४ हजार ७६ मतको अन्तरले विजयी भएका थिए ।
सोडारी अहिले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री समेत छन् । धनगढी स्थित प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले दलको उपनेतामा कन्चनपुर बाट विर्नाचित प्रकाश रावललाई दलको उपनेता, बाजुरा बाट निर्वाचित नरेश शाहीलाई प्रमुख सचेतक र माया पन्त लाई सचेतक तोकेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.