अत्तरिया, १५ पुस : धनगढीको मुख्य कार्यालय रहेको हिमशिखर बहु–उदेश्यीय सहकारी संस्थाको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारका भौतिक मन्त्री दीर्घ सोडारीको प्रमुख आतिथ्यमा १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सहकारीको कुल सम्पत्ति वृद्धि भइरहेको संस्थाले जनाएको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा ५७ करोड २९ लाख ६६ हजार २२ कुल सम्पत्ति रहेकोमा आर्थिक वर्ष २०७८÷७९ मा १५ करोड ३८ लाख ४ हजार २ सय ५२ बढेर ७२ करोड ६७ लाख ७० हजार २ सय ७५ पुगेको सहकारीका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार गत वर्ष संस्थाको शेयर पूँजी २ करोड ५५ लाख १२ हजार ५ सय रहेकोमा आर्थिक वर्ष २५ दशमलव ०९ प्रतिशतले वृद्धि भएर ३ करोड १९ लाख १३ हजार ५ सय कायम भएको जनाएको छ ।
यस्तै यस्तै सहकारीको निक्षेप गत आर्थिक वर्षको तुलनामा १८ दशमलव ४२ प्रतिशतले बढेर ४३ करोड ४९ लाख ९० हजार १ सय १४ कायम भएको सहकारीका अध्यक्ष भण्डारीले जानकारी दिए । सहकारीले यस वर्ष ३८ दशमलव ५६ प्रतिशतले आम्दानी गरेको छ र गत आर्थिक वर्ष २०७७ ७८ मा ६ करोड ९० लाख ६३ हजार ४ सय ४२ रहेकोमा यस वर्ष ९ करोड ५६ लाख ९६ हजार ६ सय ५९ पुगेको छ । २० दशमलव २० प्रतिशतले तरलता कायम गरेको सहकारीको नगद र मौजात अषाढ मसान्तमा ८ करोड ७८ लाख ४९ हजार ६ सय ४८ रहेको छ ।
१४ वर्षदेखि ’दिगो एवं सर्वोत्कृष्ट सहकारी संस्था’ भन्ने परिकल्पनाका साथ सञ्चालन भइरहेको सहकारीले सहकारीले धनगढी उपमहानगरपालिका,गोदावरी,गौरीगङ्गा नगरपालिका र कैलारी गाउँपालिकासम्म शाखाहरू मार्फत सेवा दिइरहेको छ । सहकारीले वार्षिक कार्यक्रम मार्फत २ सय ७६ जना शेयर सदस्यहरूलाई सहकारी शिक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । यस्तै ८ जना महिला सदस्यहरूलाई सुत्केरी खर्च उपलब्ध गराइएको जनाएको छ ।
७ जना मृतक सदस्यका परिवारलाई क्रिया खर्च प्रदान गरेको,३२ जना ज्येष्ठ शेयर सदस्यहरूलाई लौरो वितरण, शेयर सदस्यलाई राहत पुगोस् भन्ने उद्देश्यले नवजीवन अस्पताल,कान्तिपुर डेन्टल र धनगढी नेत्रालयबाट विशेष छुटको व्यवस्था मिलाएको सहकारीले जनाएको छ ।